Tuesday, May 17, 2011

अनुरोध बुद्धसँग

आज बुद्ध पूर्णिमा, उनैको स्मृति स्वरुप आज साथीहरु माझ कविता बाडेँ है। सबैको सहभागीताको अपेक्षा गरेको छु। धन्यवाद।

आऊ बुद्ध  एक पटक पुनर्जन्म लेउ
अशान्तिको जरो फाली शान्ति छरीदेउ।।

पैले पनि छर्‍यौ तिमीले विश्वभरी शान्ति
छिन्न भिन्न भयो ऐले उम्रिएर क्रान्ति।।

तिमीले दिएको अहिंसाको पाठ पनि मेटे
खाली छैन बार तिथी सधै पशु रेटे।।

हुन्न भने रिसाउँछन् गर्न सम्म गरे
धर्म निरपेक्ष हुँदा यस्तै हुन्छ अरे।।

कति बर्ष लगाएर तिमीले ज्ञान पायौ
अनि पो त प्राणी सबको ह्रदयमा छायौ।।

लौन फेरी सबैलाई ब्युझाउन आउ
अहिंसा हो परम् धर्म भन्ने ज्ञान फैलाउ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...