Monday, May 30, 2011

गजल ३०

आजभोली साँझ-बिहान राम खोज्दै छु म
जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।।

पाप धर्म के के गरें कता बढी भयो
बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।।

राम्रा भन्दा नराम्रामै लाग्यो कि त मन
सच्याएर स्वर्ग जाने काम खोज्दै छु म।।

जीवनको सार तत्व इश्वर नै ठाने
त्यसैले त पाउ छुने लाम खोज्दै छु म।।

बागमती र बिष्णुमती दुर्गन्धित भए
अन्तिम श्वास बिसाउने धाम खोज्दै छु म।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...