Friday, June 10, 2011

गजल ३२

कैले घाम कैले छायाँ यस्तै रैछ जिन्दगानी
कैले हुन्छु आगो जस्तै कैले हुन्छु पानी पानी।।

सधैभरी जीवनमा आए हुन्थ्यो खुशी मात्रै
सोच्छु मात्र तर त्यस्तो कहाँ मिल्थ्थो छानी छानी।।

राम्रो गरें भन्दा भन्दै कति बिग्रे काम पनि
किन गर्थे नराम्रो हो भन्ने कुरा जानी जानी।।

सोच्यो यौटा हुन्छ अर्कै किन हुन्न भने जस्तो
दु:ख आफै आइदिन्छ सुख ल्याउँछु तानी तानी।।

सोझो काम गरी खान्छु भन्दै कति दु:ख गरें
लाभ होला कि त भन्छु हुन्छ सबै हानी हानी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...