Wednesday, June 15, 2011

कविता

जति बर्ष बाँचे पनि सक्रिय भै बाँचौं हामी
त्यसैले त यो जीवन सधै ब्यस्त राखौं हामी।।

सके सम्म आफ्नो काम आफै गर्ने गरौं बानी
निष्क्रिय यो शरीरमा जोस जाँगर भरौं हामी।।

बिहानको ब्रह्ममूर्त समयमै उठौं सधै
नित्य कर्म पछी एकछिन ब्यायाममा जुटौं हामी।।

शरीरलाई तन्दुरुस्त राख्न सबलाई जगाउँ अब
साना तिना रोगलाई आफै पर भगाउँ हामी।।

राती ढिलो सम्म बस्नु घाम लाग्दा सुतिरनु
दुबै कुरा बेठीक हो भनीकन बुझौं हामी।।

रक्सी, चुरोट जुवा तास सबैलाई टाढा राखौं
सकेसम्म साकाहारी अमृर भोजन रोजौ. हामी

सहज जीवन बिताउन सकारात्मक सोंच लिउँ
सके सबको भलो गरौं दु:ख कहिले नदिउँ हामी।।

एक आपसमा मिल्नु जस्तो अर्को ठूलो शक्ति छैन
भाइचाराको नातालाई अब मजबुत पारौं हामी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...