जीवनमा आइपर्ने दु:खसंग भाग्दिन म
हिंडीरन्छु आफ्नो बाटो पुरा नभै थाक्दिन म।।
दह्रो आँट म संग छ एक्लै हिड्न डराउँदिन
साथ आए खुशी हुन्छु कर गरी डाक्दिन म।।
अरुलाई दु:ख दिई आफु मात्र रमाउँदिन
अधिकार पाएँ भन्दै कर्तब्यलाई नाग्दिन म।।
सके गर्छु सबको हीत मर्दा जाने यही हो साथ
लाको गुन तिर भनी फेरी पैंचो माग्दिन म।।
जानै पर्छ छोडी आँखिर एकदिन यो संसार
जे छ त्यसमै रमाउँछु अरु बढी ताक्दिन म।।
Saturday, June 25, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment