Tuesday, July 5, 2011

गजल ३४

छम छम नाच्छु म त
खुशी हुँदै बाँच्छु म त।।

छोटो किन पार्नु आयु
सकेसम्म साँच्छु म त।।

सधै साथी कहाँ हुन्छ
एक्लै पनि हाँस्छु म त

घृणा द्वैष किन गर्नु
बरु माया गाँस्छु म त।।

रिस राग दम्भलाई
जरै देखी नास्छु म त।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...