Thursday, November 15, 2012

दाजुको संझना: कविता

मेरा श्रध्देय दाजु स्व. श्री हिरेन्द्र राज पन्तमा समर्पित:

बिर्सिन्न कैले त्यो साथ तिम्रो याद छ पलपलको
देख्दिन कतै कहाँ छौ कुन्नी आउँछ झझ‍ल्को।।

हे मेरा दाजु आउँदैनौ भेटन किन हो मलाई
हेरेर बाटो म कति बसुँ  यो मन जलाई।।

ढकमक फूल्यो सयपत्री संगै गुर्दौली ंमखमली
देखेर फूल  संझन्छु तिम्रो मुहार झल्झली।।

रहेनौ साथ यस्तै हो भनी यो मन  बुझाएँ
हेरेर फोटो यो श्रद्धा सुमन तिमीलाई चढाएँ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...