Thursday, November 29, 2012

गजल ६०

भन्दिन म तिमीलाई माया गर मलाई
त्यो पनि म भन्दिन भो देउ भर मलाइ।।

एक्लै आएँ एक्लै जान्छु सक्छु एक्लै जिउन
तिम्रो साथ नभएनि छैन डर मलाई।।

शान्ति भए रमाउँछु झुपडीमै बसेनि
चाहिंदैन आलिसान ठूलो घर मलाई।।

दिल भित्र राखेकै हो निस्किएर गयौ त
तिमीसंगै बस्न अब छैन कर मलाई।।

आफ्नै मान्छे संझे मैले तर रैछौ पराई
अरुलाई वर राखी सार्‍यौ पर मलाई।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...