Monday, December 10, 2012

गजल ६१

मेरो छेउ आए पछी फर्किएर गयौ
आऊ बस भन्दा भन्दै तर्किएर गयौ।।

के मा चित्त बुझेन र बहकियौ तिमी
राम्रै कुरा गर्दा पनि झर्किएर गयेौ।।

तिम्रो इच्छा मेरो साथ छोड्नु पर्ने भए
त्यो पनि लौ भन्दै थिएँ जर्किएर गयौ।।

के भनौं म तिमीलाई न बुझ्ने त छैनौ
शीशा जस्तै किन आफै चर्किएर गयो।।

उमङ्गले यो जीवन रंगाउँदै थिएँ
ब्यर्थै दिल भित्र बिष छर्किएर गयौ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...