Thursday, December 13, 2012

गजल ६२

खै त नेता अझैपनि सहमति गरेनौ।
कति प्यारो रैछ कुर्सी तल झर्दै झरेनौ।।

कठैबरा राम सर दिक्क भ ए अबत
बाँदर पो रैछौ क्यारे मान्छे जात परेनौ।

पाप लाग्ला तिमीलाई आमालाई रुवायौ
गर्नु गर्‍यौ मोज चाहीं देशको दु:ख हरेनौ।।

तिमी जस्ता लाछी नेता यो धर्तीमा जन्मियौ
या त गर्भै तुहिनुथ्यो या जन्मदै मरेनौ।।

जन्म लियौ मनुष्यको बानी पशु सरी भो
नरकमै बस्ने भयौ भवसागर त्यो तरेनौ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...