Monday, January 7, 2013

गजल ६३

न्यानो अभिवादन, संपूर्ण साहित्यिक मनहरूलाई। यो गजल लिएर यहाँहरु सामु उपस्थित भएको छु यहाँहरुको सुझाबको प्रतिक्षामा।

तिम्रा सबै यादहरु लेखें मैले गजलमा
यो मनको बह सबै मेटेँ मैले गजलमा।।

निको हुन नसकेर बल्झिएका घाउसंगै
दुखेका ती पीडाहरु सेकें मैले गजलमा।।

भिजी रहे परेली यी तिम्रो साथ छाडेपछी
आँशु पुछिदिने साथी भेटें मैले गजलमा।।

जीन्दगीले आफ्नो बाटो अनायासै मोडेपछी
‍आफ्ना कुरा बाँड्ने ठाउँ देखेँ मैले गजलमा।।

जति  थियो बाँकी खुशी बटुलेर अंजुलीमा
आइपर्ने बाधाहरु छेकें मैले गजलमा।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...