Thursday, January 24, 2013

गजल ६४

आजकल मनमा यस्तै यस्तै कुरा खेल्छ, अनि यसैलाई गजल बनाएँ र हजुरहरु सामु पुर्‍याएँ। प्रतिक्रिया दिने जिम्मा हजुरहरुको।

गर्नु गर्‍यौ नेता हेर मन अति खिन्न भो
मरे पनि तिमीलाई अब भोट दिन्न भो।।।

आशा थियो यो देशको फेरिनेछ मुहार
गल्ती भयो सकिएन तिमीलाई चिन्न भो।।

याद राख सधैभरी यस्तै कहाँ हुन्छ र?
सक्ने छैनौ यसै गरी फेरी भोट किन्न भो।।

रहेनछ खुबी तिम्रो फुर्ती मात्र देखायौ
त्यसैले त यो देशको अंङ्ग छिन्न भिन्न भो।।

गर्नु गर्‍यौ मोज मस्ती ढुकुटी नै रित्याई
अब छैन भरोशा र आशा पनि लिन्न भो।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...