Saturday, July 30, 2011

गजल ३७

सगरमाथा शिरमाथी कति राम्रो  देश हेर
अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।।

बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन
दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

देखिएन कुनै प्रयास हाम्रो संस्कार जोगाउन
आफ्नै नाम  मेटाउने हरे कस्तो रेस हेर।।

आफ्नो शान आफ्नो मान गुमाउँदा जित हुने
यस्तो लाछी खेल बरु नभएकै बेश हेर।।

भाइ भाइ फुटे हुन्छ देश ऐले बिखन्डन
फाले हुन्थ्यो सबले बरु रिस, राग व्देष हेर।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...