यो मेरो पुरानो कविता हो, तर अहिले पनि उत्तिकै सान्दर्भिक लागेकोले पुन: यहाँहरु समक्ष प्रस्तुत गरेकी छु, बाँकी हजुरहरुको प्रतिक्रियाको आशामा। यहाँहरु सबैलाई बिजया दशमी को हार्दिक मंगलमय शुभकामना!!!
अक्षता र फूल-पाती यति भए पुग्छ
मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुबली नदेउ मलाई भन्छिन् दुर्गे माता।
माया जस्तो ठूलो कुरा के छ अरु दिने
सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने
सबैको म संरक्षक हुँ छैन अर्को नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
निरीह ती पशुपंक्षी काटमार गरी
के को खुशी हुन्थे म र, मरीतुल्य सरी
आफ्नै सन्तान लडेका ती हेरुँ कताकता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
सक्छौ भने माया देउ बाँच्ने आधार देउ
सक्दैन ऊ बोल्न केही मनको कुरा बुझिदेउ
उसँग नि तिमी जस्तै बराबरी नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
कहिल्यै पनि मागिन है बली देउ भनी
तर किन बसिरह्यो कुसंस्कार बनी
तिम्रो रगत पिएपछि के रह्यो र नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
हत्या हिंसा त्यागे मात्र स्वस्थ्य समाज बन्छ
माया प्रेम बाड्न सके शान्ति घरमै आउँछ
भाइचाराको नातालाई फैलाऔँ आजैबाट
अभियान शुरु गरौं पहिले आफैबाट।
आशिर्वाद दिने मेरो तिमीसँग नाता
पशु बली नदेउ मलाइ भन्छिन् दुर्गे माता
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशु बली नदेउ मलाई भन्छिन दुर्गे माता।
ज्यान लिने कुःकर्ममा लाग्दिन म भनी
गरौं प्रण आजैदेखि सुध्रिन्छु म भनी
शुभकामना सबैलाई यही मेरो पनि
भवानीले बनाउन् सबलाई सद्वुद्धिका धनी।
सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!
अक्षता र फूल-पाती यति भए पुग्छ
मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुबली नदेउ मलाई भन्छिन् दुर्गे माता।
माया जस्तो ठूलो कुरा के छ अरु दिने
सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने
सबैको म संरक्षक हुँ छैन अर्को नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
निरीह ती पशुपंक्षी काटमार गरी
के को खुशी हुन्थे म र, मरीतुल्य सरी
आफ्नै सन्तान लडेका ती हेरुँ कताकता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
सक्छौ भने माया देउ बाँच्ने आधार देउ
सक्दैन ऊ बोल्न केही मनको कुरा बुझिदेउ
उसँग नि तिमी जस्तै बराबरी नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
कहिल्यै पनि मागिन है बली देउ भनी
तर किन बसिरह्यो कुसंस्कार बनी
तिम्रो रगत पिएपछि के रह्यो र नाता
पशु बली नदेउ मलाई भन्छिन् दुर्गे माता।
हत्या हिंसा त्यागे मात्र स्वस्थ्य समाज बन्छ
माया प्रेम बाड्न सके शान्ति घरमै आउँछ
भाइचाराको नातालाई फैलाऔँ आजैबाट
अभियान शुरु गरौं पहिले आफैबाट।
आशिर्वाद दिने मेरो तिमीसँग नाता
पशु बली नदेउ मलाइ भन्छिन् दुर्गे माता
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशु बली नदेउ मलाई भन्छिन दुर्गे माता।
ज्यान लिने कुःकर्ममा लाग्दिन म भनी
गरौं प्रण आजैदेखि सुध्रिन्छु म भनी
शुभकामना सबैलाई यही मेरो पनि
भवानीले बनाउन् सबलाई सद्वुद्धिका धनी।
सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!
The King Casino | Ventureberg
ReplyDeleteDiscover the rise and fall of the king casino, one of poormansguidetocasinogambling.com the world's largest The Casino https://deccasino.com/review/merit-casino/ is operated by ventureberg.com/ the King Casino Group. 토토 You can