देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला?
“५८ सालमा बाबाको हत्या भएपछि हामी टुहुरा भएका हौ। हामी चार दिदीबहिनी मध्ये ठूली दिदीको विवाह भैसक्यो। हाम्रा दाजुभाइ छैनन्। घरमा सुरक्षा नभएकोले दुई वर्षदेखि हामी तीनै जना काठंमाडौंमा आफन्तको शरणमा बस्दै आएकाछौं। आमा घरमा एक्लै हुनुहुन्छ। बाबा स्कुलमा पढाउनु हुन्थ्यो” यो भनाइ हो गोर्खाकी द्वन्द्व पीडित १९ वर्षीय गंगा ढकाल (नाम परिवर्तन) को। यी वाक्यहरू भन्दाभन्दै उनी घोप्टिएर रुन थालिन्।
त्यसरी नै रोए १६ वर्षीय करवीर धामी (नाम परिवर्तन)। माओवादीको चियो गरेको आरोपमा उनका बाबुको निर्ममतापूर्वक हत्या गरियो। त्यो पीडा खप्न नसकेर महिना दिन नबित्दै आमाको पनि मृत्यु भएपछि उनी १३ वर्षकै उमेरमा एक्लै भए।
रुकुमकी २५ वर्षीया रुपा ओली (नाम परिवर्तन) को पीडा पनि त्यस्तै छ, उनीहरूको सानो चिया पसल थियो। उनका पति बाहिर चियाका गिलास पखाल्दै थिए। पसलमा चीया खान बसेका प्रहरीलाई हानेको गोली उनका पतिलाई लाग्यो र उनी त्यहीँ ढले। त्यसपछि वेसहारा बनेकी रुपा ४ र २ वर्षका छोरा लिएर काठमाडौं आइन्।
सर्लाहीकी रुक्मिणी भट्टराईको वेदना पनि कम पीडादायी छैन। माओवादी भएको शङ्कामा पतिलाई सेनाले बेपत्ता पारेपछि उनका विपत्तिका दिन सुरु भएका थिए। एक वर्षपछि मात्र उनले पति मरेको थाहा पाइन्। त्यसपछि तिनवटी छोरी लिएर उनी काठमाडौं आइन्। यी केही उदाहरण मात्र हुन्। दश वर्षे द्वन्द्वको अवधिमा यस्ता पीडा भोग्ने अशंख्य छन्। एक दशक लामो द्वन्द्वले क्षतविक्षत हाम्रो देश, हामी नेपाली र हाम्रो मानिसकता एकदमै अस्वस्थ भएको छ। चाहे राज्य पक्षबाट होस् वा विद्रोही पक्षबाट आखिर मार खाने त साधारण जनता नै हुन्। शान्ति संझौता भएपछि हामी सबै खुसी भएका थियौं। विशेषगरी विस्थापित भएर पीडा भोगिरहेका त झनै खुसी थिए। त्यति बेला हामीले काठमाण्डौमा पीडादायी विस्थापित जीवनयापन गरिरहेका केही बहिनीहरूसँग सोधेका थियौ - शान्ति संझौता हुँदा तपाईँलाई कास्तो लागेको छ? सबैको उत्तर एकै खालको थियो -‘खुसी लाग्यो’, अब आफ्नै घरमा फर्कन पाइन्छ होला।´
त्यति बेला एक जना बहिनीले दिएको जवाफले भने मलाई धेरे दिनसम्म पोलिरह्यो। उनले भनेकी थिइन्- “शान्ति सम्झौता भयो, सबै आपसमा मिलेर रमाइलोसँग बस्लान् तर मेरो पति त अब फेरि फर्केर कहिल्यै आउनुहुन्न, मेरो लागि संसार त उजाडिइसक्यो।” कलिला तीनवटी छोरीको भविष्य संझेर डाँको छोडेर रोइन्। हुन पनि उनको त्यो अपूरणीय क्षति जस्तोसुकै शान्ति आएपनि पूर्ण हुनै सक्दैन। यस्तै वेदना बोकेर बाच्नेहरू धेरै छन् जसले अझै धक फुकाएर बोल्न सकेका छैनन्।
द्वन्द्वको मारमा परेका कतिपय युवामा (माहिला पुरुष) बदलाको भावन पाइन्छ। द्वन्द्वले ल्याएका यस्ता समस्या बारेमा सरकार र दलहरू बेलैमा सचेत हुन जरुरी छ। राज्यले बेलैमा तिनको घाउमा मलम लगाउन सकेन भने बदलाको भावनाले संकट नदोहोरिएला भन्न सकिन्न। तिनका लागि सरकारले छुट्टै कार्ययोजना तयार गर्नु आवश्यक देखिन्छ। यस्को लागि सर्बप्रथम त द्वन्द्व पीडितको लागत तयार गर्नुपर्छ। परिवारबाट एक्लिएका र युवा जमातलाई पहिलो प्राथमिकतामा राखेर उनीहरूको व्यवस्थापन गर्नसके द्वन्द्व पीडितलाई मात्र होइन सरकारलाई पनि सहयोग हुनेछ। यसको लागि सरकारलाई नयाँ कार्यदल खडा गर्नु पनि पर्दैन। आफ्नै देशका शिक्षित बेरोजगार युवालाई संगठित गरी “युवाका लागि युवा” कार्यक्रम मार्फत रचनात्मक काम गर्न सकिन्छ। राजनीतिक दलहरू पनि आफ्ना भातृ संगठनहरूलाई सहकार्यमा लगाउन राम्रो हुन्थ्यो।
आजका युवा सधैं आपसमा लडिरहने हो भने नेपाली जनताको शान्तिको अपेक्षा कसले पूरा गर्ने? देशका कर्णधार नै बिच्किए भने देशको लागि यसभन्दा ठूलो दुर्भाग्य के होला? त्येसैले बेलैमा सचेत भएर युवा शक्तिलाई जुटाएर देशलाई दुर्घटनाबाट जोगाउन सबै लागि परे फलदायी हुन्थ्यो।
[दैनिकी मा प्रकाशित]
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
तिमीलाई ओत दिने पाली बन्न पाए तिम्रो खाना राखिदिने थाली बन्न पाए।। दु:ख सबै उखेलेर फालिदिने थिएँ हेरचाह गर्ने तिम्रो माली बन्न पाए।। गुन्ज...
-
सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला आपसमा मिलिजुली माया साँच्ने कला।। जीवनमा अघी बढी लक्ष सम्म पुग्न बैरभाव रिस डाहा घृणा भाच्ने कला।।...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...
No comments:
Post a Comment