Thursday, January 20, 2011

गजल २

आज पनि दुई भाइ लडदैछन् अरे
दिन दिनै शत्रुहरू बडदैछन् अरे।।

जति सुझाव दिएपनि केही लागेन
संविधान लेख्न नेता हड्दैछन् अरे।।

आरोप र प्रत्यारोपमा दिन बिताउँदा
भएका ती खेस्रा पनि सडदैछन् अरे।।

आज हुन्छ भोली हुन्छ भन्ने आशमा
जनताहरु दल्दलमा गडदैछन् अरे।।

अब पनि यस्तै गरी दिन बिताए
चार भञ्याङ कटाउन खडदैछन् अरे।।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...