कांग्रेसीको बानी त्यस्तै बसी कुरा काट्ने मात्र
काम केही गर्ने होइनन् ठूला भाषण छाँट्ने मात्र।।
आफ्नो हुती केही छैन अरुसंग ठ्याक्क मिली
कहिले यता कहिले उता एमाले चै चाट्ने मात्र।।
जंगलबाट आएदेखि सदन सम्म पुग्दा पनि
माओबादी सधैभरी आफ्ना कुरा ढाँट्ने मात्र।
आफू सधै अल्प मतमा अरू दलको बुइ चढी
मधेशी दल पदसंग आफ्नो मत साँट्ने मात्र।।
साना दलका लुला खुट्टा आफै टेक्ने छैन आँट
जस्लाई द्ह्रो हुनु पर्छ उसले तिनलाई बाट्ने मात्र
आफ्नै मात्र दुनो सोझ्याई सहमतिमा नआउँदा
जति सभा बसे पनि दलका कुरा फाट्ने मात्र।।
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
तिमीलाई ओत दिने पाली बन्न पाए तिम्रो खाना राखिदिने थाली बन्न पाए।। दु:ख सबै उखेलेर फालिदिने थिएँ हेरचाह गर्ने तिम्रो माली बन्न पाए।। गुन्ज...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
सकारात्मक सोंच लिई सिकौं बाँच्ने कला आपसमा मिलिजुली माया साँच्ने कला।। जीवनमा अघी बढी लक्ष सम्म पुग्न बैरभाव रिस डाहा घृणा भाच्ने कला।।...
No comments:
Post a Comment