Wednesday, March 7, 2012

गजल ४९

रंग खेल्ने खासै सौख मलाई छैन । अबिर भनेपछि त पहिला नै जिऊ चिलाउन थाल्छ। तर पनि आज होली हो। त्यसैले .......

खेल्न मन लाग्यो रंग
रंगिएर तिमी संग।।

अरू कोही चाहिदैन
तिमी भए हुन्छु दङ्ग।।

लोला हान्दै भाग तिमी
भिजाएर मेरो अंग।।

सातै रंग मिसाएर
खेल्दै हुँला म फुरुङ्ग।।

आए हुन्थ्यो सधै होली
साथ लिई यो उमङ्ग।।

Monday, March 5, 2012

गजल ४८: खेलौं होली

रमाइलो र रंगीन चाड होलीको उपलक्ष्य मा संपूर्ण साहित्यक मनहरुमा हार्दिक मंगलमय शुभकामना सहित यो गजल पनि यहाँहरुलाई नै।

रंङ्गीचङ्गी रमाइलो आयो फेरी चाड  होली
सबै रंग मिसाएर जम्मा गरौं धेरै लोली।।

आपसमा तानातान चिसो भयो संबन्ध यो
आफ्नै आफ्ना बिच पनि  छैन प्रेम आजभोली।।

अब मन सफा गरौं नराखेर रिस राग
रमाउँदै खेलौं रंग मिसाएर मिठो बोली।।

 आखिरमा  सबै छोडी रित्तै जानु पर्छ हामी
 नाङ्गो अंग मात्र हुन्छ हुन्न हाम्रो साथ झोली।।

लौ न मेची महाकाली सबै बर्ग भिज्ने गरी
खेलौं होली मदेश पहाड तराईको  माया घोली।।

Tuesday, February 14, 2012

गजल ४७

प्रेम दिवसको उपलक्षमा उपहार स्वरुप यो गजल संपूर्ण साहित्यिक मनहरूमा समर्पित:

त्यो मन संगै भयो यो मन
नजिक हुँदै गयो यो तन।।

नछोडी एक अर्का को साथ
प्रगाढ बन्दै गयो यो  झन।।

भरोसा अनि थियो  विश्वास
भएन कुनै  बाचा  बन्धन।।

जीवन रथ चल्छ हर्दम      
संयम संगै गर्दै मनन।।

पाउँदा साथ बन्दै हर्षित
बन्छु म फूल उ हो चन्दन।।

Wednesday, February 1, 2012

गजल ४६

धेरै लामो अन्तराल पछी यो सानो कोसेली लिएर यहाँहरु सामु आएकी छु। आशा छ सबैले साथ दिनुहुनेछ। धन्यबाद।

यति राम्रो ढकमक फुलेको यो बाग
छिन्न भिन्न पारी आज नलगाउँ भाग।।

सबै जात जाती मिली बसेका हौं हामी
छुट्टै राज्य खडा गर्ने नराखौं न माग।।

भाइ फुटे गवाँर लुटे भन्थे बुढा पाका
त्यस्तै होला मन भित्र राखे रीस राग।।

एक ढिक्का बन्नु पर्छ सबै मिलीकन
यो देशको रक्षा गर्न लौन सबै जाग।।

पुण्य क्षेत्र हो यो  हाम्रो प्यारो जन्मभूमी
यो धर्तीको ऋण तिर्न अब  गरौं त्याग।।

Wednesday, December 14, 2011

गजल ४५

न म भएँ जून जस्तो
न त बनें सून जस्तो।।

लय शूर नभएको
भएँ म त धून जस्तो।।

अरुलाई खोक्रो पार्ने
हुन्न भन्थे घुन जस्तो।।

यो जीवन भोग्दा भोग्दै
भएँ चर्को नून जस्तो।।

आज भोली  भएको छु
पिलिएको खुन जस्तो।।

Sunday, November 27, 2011

गजल ४४

सधैभरी आशा मात्र लिई नबसौं
बिश्वासमै सबै कुरा दिई नबसौं।।

अमूल्य छ यो जीवन फेरी मिल्दैन
पाएँ त्यसै भनी धेरै पीई नबसौं

आपसमा बाँडौ कुरा सुख दु:खका
मनमा पीडा लुकएर सिई नबसौं।।

कर्म गरे  मिल्छ फल हुन्न बसेर
मरीतुल्य तुच्छ बनी जीई नबसौं।।

पौरखले हराभरा पार्छ जीवन
कोपीलामै सुकाएर खीई नबसौं।।

Thursday, November 17, 2011

गजल ४३

नभन न जिन्दगीको  कुनै रंग छैन
यो जीवन रंगाउने हाम्रै ढङ्ग छैन।।

सधैभरी तनाब र अस्त ब्यस्त मात्र
खुशीसंग बाच्ने कला हामीसंग छैन।।

मान्नु पर्छ आँशु पनि जीवनकै पाटो
हाँसो मात्र पाए पनि  मन दङ्ग छैन।।

के छैन र हामीसंग टिप्न सक्नु पर्छ
अँजुलीमा खुशी फूल्दा खै उमङ्ग छैन।।

रिस, राग, दम्भ अनि हठ छाडेपछी
आपसमा लड्नु पर्ने कुनै जङ्ग छैन।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...