Monday, September 26, 2011

गजल ४२

यो मुटु मेरो चर्केको चर्क्यै गरेको किन हो !
टेकेको धर्ती थर्केको थर्क्यै गरेको किन हो !

चाडको बेला खसेछ हेर जहाज बुद्ध त्यो
यो दु:ख पनि फर्केको फर्क्यै गरेको किन हो !

लाग्दथ्यो घाम आश्विन मास: दशैंको बेलामा
अझै नि पानी दर्केको दर्क्यै गरेको किन हो !

आए नि हुन्थ्यो अब त शान्ति यो तप भूमीमा
खुशीका दिन तर्केको तर्क्यै गरेको किन हो !

सत्यको हार हुँदैन भन्थे  देख्दैछु अनौठो
असत्य चाहीं लर्केको लर्क्यै गरेको किन हो !

Friday, September 23, 2011

गजल ४१

छाडी गयौ परदेशी माया लाउनु  ब्यर्थ भयो
ह्रदयमा आफ्नो भनी सजाउनु  ब्यर्थ भयो।।

आफ्नै मान्छे होला भनी टाढा हुन नदिएर
आँखा भित्र  लुकाएर राख्नु पनि ब्यर्थ भयो।।

दिन बिते बर्ष बिते भेट हुन्छ भन्दा भन्दै
निष्ठुरीलाई आफ्नो  मन फुकाउनु ब्यर्थ भयो।।

सधैभरी तिम्रो खुशी हेर्न पाउँ भनीकन
मंदिरमा गई शीर झुकाउनु ब्यर्थ भयो।।

सर्बस्व हौ तिमी भन्दै कति माया गरिरहें
दुख पीर पर्ला भनी मन दुखाउनु ब्यर्थ भयो।।

Sunday, September 4, 2011

गजल ४०

हराएँ है  म त यतै नरिसाउ है सानु
न्यानो हाम्रो सम्बन्धलाई नचिस्याउ है सानु।।

बाध्यताले भेटघाट पातलिदै गयो
यसमा फेरी तिम्रो घुर्की नमिसाउ है सानु।।

नियास्रेकी म पनि छु टाढा भई बस्दा
मनको बह पोखें मैले नखिस्याउ  है सानु।।

सदभाव तिम्रो पाइरहुँ स्वास रहुन्जेल
जिस्किएको ठानी माया नबिसाउ है सानु।।

साँचो कुरा भने मैले ख्याल गरेको हैन
साथी माझ दु:ख बाँडे  नजिस्क्याउ है सानु।।

Monday, August 29, 2011

तीजको गीत

महिलाहरुको विशेष चाड तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना!!!

जान्न म त माइतीघर दर खान आज भो
छैन छड्के तिलहरी जानै लाज भो।।

दिदी बहिनी गए होलान झल्कने सारीमा
आफु भने घाँस काट्दैछु भित्री बारीमा।।

सबै लाउँछन् सूनको बाला पाउजु र तिलहरी
आफु भने सधेभरी ललिबिलरी।।

गएछ नि भावीले दु:खै दु:ख लेखेर
रुनु होला आमा मेरो दु:ख देखेर।।

नजाउँ भने दु:ख मान्लान आइन चेली भनेर
आमा पर्खी बस्नु होला बाटो हेरेर।।

जे सुकै होस् लाउँछु सारी आफ्ने औकात हेरेर
फजुल खर्च गर्दिन भो नक्कल गरेर।।

मनाउँ तिज सबै मिली संस्कृती यो जोगाउन
सहज बनाउँ यो पर्वमा सबै अटाउन।।

गर्नु हुन्न गहना र कपडाको प्रदर्शन
यस्तो गर्दा चाडबाडको घट्छ आकर्षण।।

Monday, August 22, 2011

गजल ३९

काँडा बिच फुल्छ गुलाब तर सधै हाँसेको छ
फक्रिएको यौवन लिई उसकै साथ बाँचेको छ।।

देखिन्न खै निरास ऊ पीडा साथ भएपनि
काँडासंग पनि उस्तै मिठो माया गाँसेको छ।।

सदभाव भए  सबैलाई आफ्नै हीत देखिन्छ रे
माया गरी गरी उसले बैरभाव मासेको छ।।

आँखिर भोली झर्नै पर्छ अजम्बरी को छ यहाँ
सबैलाई सुख बाँडी आफ्नो दु:ख नासेको छ।।

सिकौं हामी पनि उसको जिउने कला कति राम्रो
दु:ख संग प्रीत गाँसी खुशीहरु साँचेको छ।।

Thursday, August 11, 2011

गजल ३८

धोती चोलो दौरा सुरुवाल लाको भए आह!!
देशकै पहिरन लगाएर गाको भए आहा!।।

कति खुशी हुन्थ्यौ मन सबलाई उस्तै देख्दा
यो देशको गौरब बढन पाको भए आहा!।।

स्कूल कलेज कार्यालय सबको पहिरन राख्न
आफ्नै घरेलुको रोजाई भाको भए आहा!।।

स्वदेशकै उध्योगले कति काम पाउँथ्यो
सबको मनमा देशप्रेम छाको भए आहा!।।

सबै भन्दा ठूलो कुरा सोंच राम्रो हुनु पर्छ
गाह्रो केही हुदैनथ्यो सबले धाको भए आहा!।।

Saturday, July 30, 2011

गजल ३७

सगरमाथा शिरमाथी कति राम्रो  देश हेर
अझै राम्रो छ है हाम्रो आफ्नै भाषा भेष हेर ।।

बिर्सिने पो हुन कि अब नेपालीले नेपाली पन
दौरा सुरुवाल गुन्यु चोली बिर्से लाग्छ ठेस हेर

देखिएन कुनै प्रयास हाम्रो संस्कार जोगाउन
आफ्नै नाम  मेटाउने हरे कस्तो रेस हेर।।

आफ्नो शान आफ्नो मान गुमाउँदा जित हुने
यस्तो लाछी खेल बरु नभएकै बेश हेर।।

भाइ भाइ फुटे हुन्छ देश ऐले बिखन्डन
फाले हुन्थ्यो सबले बरु रिस, राग व्देष हेर।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...